पूर्व अध्यक्ष नरहरि पौडेलको जन्मदिन लायन्स क्लबद्वारा विशेष कार्यक्रम गरी मनाइयो

“संस्था मेरो होइन, हाम्रो हो” भन्ने मूल मन्त्रका साथ स्थापना भएको लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारी ले सदस्यहरूको जन्मदिन मनाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको छ।
सोही क्रममा क्लबले पूर्व अध्यक्ष आदरणीय लायन नरहरि पौडेलज्यूको जन्मदिन विशेष कार्यक्रमका साथ मनाएको छ। आज मिति २०८३ साल श्रावण २१ गते आयोजित कार्यक्रममा जन्मोत्सव औपचारिक रूपमा सम्पन्न गरिएको हो। क्लबका अध्यक्ष लायन राजेश श्रेष्ठज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन दिनेश तुलाधरज्यूले गर्नुभएको थियो।
कार्यक्रममा पूर्व अध्यक्षहरूको तर्फबाट लायन दीपक राज घिमिरेज्यूले शुभकामना मन्तव्य व्यक्त गर्दै नरहरि पौडेलज्यूको योगदानको प्रशंसा गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष श्रेष्ठज्यूले “म होइन, हामी” भन्ने भावनालाई आत्मसात् गर्दै क्लबका सदस्यहरूबीच आपसी सम्मान, सद्भाव, भाइचारा र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, सफल क्लब निर्माणमार्फत सफल डिस्ट्रिक्ट निर्माणका लागि सबै सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण लायन सदस्यहरूको आत्मीय उपस्थितिले कार्यक्रमलाई गरिमामय, भव्य तथा सफल बनाएको थियो।



