पोखराबाट अष्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्सको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको छ ।
सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिने तयारी अगाडी बढाएो छ ।
प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार भएको हो । त्यसका औपचारिक रुपमा प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षिय छलफलमा भइरहेकोले छिट्टै उडानको तालिका आउने प्राधिकरणले जानकारी दिएको छ ।
सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलबाट केही समय पहिले हप्ता एउटा उडान सिचुवान र पोखरा गरेको थियो । अहिले हिमालयन एयरलाइन्सले पोखरा लासा उठान हप्ता एउटा गर्दै आएको छ ।



