पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा खत्री नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरत खत्री नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री ओलीले मंगलबार डा. खत्रीलाई सो पदमा नियुक्त गरेका हुन् ।
यो नियुक्तिसँगै विगत तीन महिनादेखि नेतृत्वविहीन रहेको प्रतिष्ठानको गतिरोध अन्त्य भएको छ ।



