गण्डकी प्रज्ञा प्रतिष्ठानमा ललितकला क्षेत्रको प्रतिनिधित्वको माग

गण्डकी/

गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारीमा ललितकला क्षेत्रबाट एकजना पदाधिकारी अनिवार्य नियुक्त गर्नुपर्ने मागसहित ललितकला सम्बद्ध कलाकारहरूले आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

पहिलो गण्डकी प्रज्ञा प्रतिष्ठान गठन प्रक्रियामा ललितकलाकर्मीलाई उपेक्षा गरिएको भन्दै उनीहरूले दोस्रो गठन प्रक्रियामा ललितकलाकर्मीलाई अनिवार्य समावेश गर्नुपर्ने मागसहित ध्यानाकर्षण गराएका हुन् ।

नेपाल कमर्सियल आर्टिष्ट सङ्घका अध्यक्ष रमेशकुमार राई, नेपाल व्यावसायिक कलाकार सङ्घका सहसचिव दिलीप बोहोरासहितका पदाधिकारी तथा कलाकारको टोलीले मुख्यमन्त्री पाण्डेसहित नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटालाई भेटी ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभयो ।

यहाँ प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ बमोजिम प्राज्ञ/पदाधिकारी नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाउँदै दरखास्त आह्वान गरेकामा ललितकलाका क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराइएको हो ।

Related Articles

Check Also
Close
Back to top button