बजेट अधिवेशनआज सुरु हुँदै, पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

वैशाख/

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् प्रतिनिधिसभाको शुक्रबार सुरु हुने बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद्को बजेट अधिवेशन आज सुरु हुँदै छ ।

अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्री ओलीको सम्बोधन हुने एमाले मुख्य सचेतक महेश बर्तौलाले बताए । सरकारले संसद्लाई महत्व दिने र संसद्मा जनताका कुरा सम्बोधन गर्ने सन्देश दिनका लागि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बर्तौलाको भनाइ छ ।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे सुरु हुँदै छ । बजेट अधिवेशनको पहिलो दिन दलगत रूपमा पनि नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

Related Articles

Back to top button