गण्डकी लोक आइडलको तयारी

पोखरा ।

नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिले शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष प्रजापति पराजुलीले आगामी मंसिर महिनामा विवाह पञ्चमी महोत्सव गर्ने योजना सुनाए । ‘अहिलेसम्म भारतबाट जन्ती ल्याएर जनकपुरमा विवाह पञ्चमी महोत्सव हुन्छ,’ उनले भने, ‘मौलिक ढंगको विवाह पञ्चमी महोत्सवमा सामूहिक विवाह, रत्यौली गीत प्रतियोगिता हुनेछ ।’ उनले तीजगीत, रत्यौली, भजन चुड्का, नौमती बाजाको प्रतियोगिता गरी लोक संस्कृतिको जगेर्ना गर्ने काम गरेको दाबी गरे ।

उनले प्रतिष्ठानलाई बलियो बनाउन सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्नुपर्ने सुझाव दिए । प्रतिष्ठान नेपाल गण्डकी अध्यक्ष राजन कार्कीले संस्थाले आगामी असार महिनामा गण्डकी लोक आइडल २०८२ गर्ने जानकारी दिए । पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोलाले लोक तथा दोहोरी क्षेत्र निजी क्षेत्रको अभिन्न अंग भएको बताए । मेला, महोत्सव सफल पार्न कलाकारको भूमिका रहने उनले उल्लेख गरे ।

कार्यक्रममा संस्थागत विकासमा योगदान पु¥याउने प्रतिष्ठान नेपाल गण्डकीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष माया गुरुङ, साविक गण्डकी अञ्चलका पूर्व कोषाध्यक्ष विजय केसी, गुरुङ कलाकार संघ गण्डकीका अध्यक्ष विक्रम गुरुङ र विना ह्योल्मोलाई कदरपत्र प्रदान गरियो ।

कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहाल, प्रतिष्ठान नेपालका सचिव शंकरविरही गुरुङ, केन्द्रीय सचिवालय सदस्य गुरुङ, प्रतिष्ठान नेपाल गण्डकीका संरक्षक तारापति सुवेदी, अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष गुरुङ, सचिव रामजी पौडेल, कास्कीका अध्यक्ष तुलसी क्षत्री लगायतले लोक दोहोरी क्षेत्रबारे बोलेका थिए ।

 

Related Articles

Back to top button