रोयल इन्फिल्ड क्लासिकका पाँच नयाँ भेरियन्ट पोखरामा

पोखरा ।
रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच नयाँ भेरियन्ट पोखरामा भित्रिएको छ । बुलेट ट्रेडर्स नयाँबजारबाट रोयल इन्फिल्ड क्लासिक ३५० को नयाँ भेरियन्टका बाईकहरुको बुकिङ, टेस्ट राईड र बिक्रि बिहिबारबाट सुरु भएको छ ।
विभिन्न सात रंगमा ५ लाख ५५ हजारदेखि ५ लाख ७९ हजारसम्मका बाईकहरु उपलब्ध छन् । नयाँ भित्रिएको बाईकहरु नेपालमा रहेको रोयल इन्फिल्ड सिकेडी प्लान्टमा बनेको हो । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५०का नयाँ मोडलका बाईकहरु पोखरा भित्राईएको बुलेट ट्रेडर्सका सञ्चालक मनोज थापाले जानकारी दिए । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प, एलईडी पाइलटल्याम्प पनि उपलव्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसवी चार्जर हुने र गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुने सञ्चालक थापाले बताए ।
बाईकको नयाँ भेरिएन्ट सार्वजनिक गर्न आयोजित कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसनका अध्यक्ष दिपेन्द्र कोईरालाले पोखरामा रोयल इन्फिल्डको नयाँ भेरियन्टको आगमनले अटोमोवाईल क्षेत्रमा नयाँ ईट्टा थपिएको बताए । उनले रोयल ईन्फिल्डको आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङ्लाई थप रोमाञ्चित बनाउने र उपभोक्ताहरुको मन जित्नेमा आशावादी रहेको बताए ।
रोयल इन्फिल्डका पाँच नयाँ भेरिएन्टहरुमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम भेरियन्ट, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम रहेका छन् । जसअनुसार हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ भने सिग्नल सिरिज कमाण्डो स्यान्ड, डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपन लगाईएको छ । त्यस्तै क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध रहेको रोयल ईन्फिल्डका गेयर एण्ड जिएमए म्यानेर सुसन महर्जनले जानकारी दिए ।
नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरूमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्ने बुलेट ट्रेडर्सको विश्वास छ ।
अनिशा श्रेष्ठले सञ्चालन गरेको बाईक सार्वजनिक कार्यक्रममा क्लासिक राईड रुचाउने बाईकर्सहरुको उपस्थिति रहेको थियो ।



