पोखराको न्युरोडमा स्कुटर दुर्घटना, पर्यटन व्यवसायीको मृ*त्यु

चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरको पछाडि सवार २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्दै आएका कुँवरको टाउकोमा चोट लागेको थियो। गम्भीर अवस्थामा उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको उनको उपचारका क्रममा बिहान साढे ५ बजे बजे मृत्यु भएको हो।
स्कुटर चालक स्याङ्जाको आँधिखोला गाउँपालिका–२, चिलाउनेबाँस घर भई हाल पोखरा महानगरपालिका–८, न्युरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा रहेको प्रहरीले जनाएको छ।
मृतका कुँबरले पोखराको लेकसाइडमा ट्राभल्स एजेन्सी सञ्चालन गर्दै आएका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



