वालिङमा गुडिरहेको स्कुटरमा अचानक आगलागी, स्कुटर पूर्ण रूपमा क्षति

 

स्याङ्जाको वालिङ नगरपालिका–५ जगत भञ्ज्याङस्थित वालिङ–चापाकोट भित्री पक्की सडक खण्डमा गुडिरहेको स्कुटरमा अचानक आगलागी हुँदा स्कुटर पूर्ण रूपमा क्षति भएको छ। घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार २०८३ साल कात्तिक १० गते साँझ अन्दाजी ५ः४५ बजेको समयमा चापाकोटबाट वालिङतर्फ आउँदै गरेको ग १६ प ६१४५ नम्बरको टीभीएस कम्पनीको एनटर्क १२५ सीसी स्कुटरमा अचानक आगलागी भएको हो।

उक्त स्कुटर स्याङ्जाको चापाकोट नगरपालिका–९ निवासी अन्दाजी २१ वर्षीय मन्दिप विकले चलाइरहेका थिए। स्कुटर गुडिरहेको अवस्थामा अचानक आगलागी हुँदा स्कुटर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कास्की खबरलाई जानकारी गराएको छ।

घटनामा मानवीय क्षति नभएको र आगलागी हुनुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Back to top button