पोखरामा पर्यटकले लगाए रातो टीका र कानमा जमरा, पर्यटक दंग

बडादसैँको अन्तिदिन अथार्त कोजाग्रत पूर्णिमामा पोखरामा निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरेर पर्यटकहरु देखीए ।

नेपाली मौलिक संस्कृतिलाई विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले पोखरामा आयोजना भएको पर्यटक लक्षित दसैँ महोत्सव आयोजना भएको थियो । त्यही महोत्सवमा विदेशी पर्यटकले निधारमा रातो टीका लगाएर र कानमा जमरा सिउरिएर नेपाली दसैँको अनुभव लिए ।

महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा पोखरामा भएको दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सवमा आएको पर्यटकलाई पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले टीका लगाइदिए । कार्यक्रमको पुर्वसन्धयामा खहरे चोकदेखि बाराहीघाटसम्म झाँकी सहित ¥याली निस्केको थियो ।

पर्यटन भनेको हिमाल, ताल र प्राकृतिक सुन्दरता मात्रै नभई पर्यटकलाई संस्कृतीको बारेमा पनि जानकारी दिदा यसको अझ विकास हुने आचार्यले बताए ।

निधारमा रातो टीका, कानमा पहेँलो जमरा अनि अनुहारमा मुस्कान छाएको थियो । नेपाल घुम्न आएका विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग प्रत्यक्ष जोड्ने उद्देश्यले पोखरामा पर्यटक लक्षित दसैँ महोत्सव आयोजना गरेको महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले बताइन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, संस्थाकी संस्थापक अध्यक्ष जमुना पहारी लगाएतले दसैँ धार्मिक पर्व मात्रै नभएर परिवारको मिलन, आपसी सद्भाव, आशीर्वाद र खुसी साटासाट गर्ने अवसर भएको बताए ।

Related Articles

Leave a Reply

Check Also
Close
Back to top button