सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरियता, महावीरलाई आठौं

गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरियता राखिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पछि अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल छन् भने चौथो वरियतामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
पाँचौं नम्बरमा गृहमन्त्री सुधन गुरुङ रहँदा छैटौं वरियतामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल रहेका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा छिन् ।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन आठौं वरियतामा रहेका छन् ।



