हिमालयन सिद्धमा श्री मद्भागवत कथामा नगर प्रमुख आचार्य

हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थान नदिपुरमा हिजो श्रीमद्भागवत महापुराणको कथाको सङ्कल्प अनन्त श्री विभूषित आध्यजगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध बाबा) बाट भएको छ । श्री मद्भागवत कथा अनन्त श्री श्री १००८ श्री वैष्णव महन्त श्री हरिशंकरदास वेदान्ती जी महाराजको श्री मुखवाट वाचन हुने र उक्त कथा अगामी एक सप्ताह चल्ने छ ।

श्रीमद्भागवतको कथा शुभारम्भको पहिलो दिन पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्य ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । वहाँले पोखरा मुक्ति क्षेत्रको द्वार रहेको र यस क्षेत्र वरपर समग्र विकासको लागि हिमालयन सिद्ध महायोगसंग मिलेर काम गर्ने प्रतिबद्ध व्यक्त गरेका थिए ।

विहानवाटै भएको पूजामा पोखरा लगायत नेपालको अन्य शाखाहरुबाट पनि महायोगी सिद्ध वावाको अनुयायीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा श्रावणी पूर्णिमा अर्थात जनै पूर्णिमा पनि श्री सदगुरुदेवज्यूको करकमलवाट डोरा वाँधेर दिव्यता र भव्यताको साथ मनाएर सबैले कृपा लाभ प्राप्त गरेका थिए ।

हाल गत हरिबोधिनी एकादशीवाट हरिशयनी एकादशीसम्म चतुर्मास व्रत अनुष्ठान चलिरहेको छ । आफ्नो आत्म कल्याण गर्न चाहनुहुनेहरुले उक्त अनुष्ठानमा सहभागी भएर लाभ उठाउन सकिने पनि आयोजक समितिले अनुरोध गरेकोछ ।

Related Articles

Back to top button