आज सुन बढेर  फेरि नयाँ रेकर्ड कायम

तोलाकाे एक लाख ४५ हजार रुपैयाँमा कारोबार

आज सुनले  फेरि नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनले आज पुनः अर्को रेकर्ड कायम गरेको हो ।

आज सुन एक हजार रुपैयाँले बढेर तोलाकाे एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button