लोकगायिका अम्बिका भण्डारीको नयाँ गीत आमाको मन चर्चीत बन्दै

साहित्यकार एवं लोकगायिका अम्बिका भण्डारीको नयाँ गीत आमाको मन चर्चीत बन्दै । मातातीर्थ औंसीको अवसर पारेर उनले गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी थिईन् ।
केही वर्षअघि आमा तथा यही वैशाखमा सासुआमा समेत गुमाएकी उनले आमाप्रति समर्पित गर्दै गीत बजारमा ल्याएको बताउछिन । गीतमा विदेश जाने छोराछोरी र आमाको पीडा समेटिएको छ । भण्डारीका छोराबुहारी र छोरीसमेत यही वर्ष परदेशिएका छन् ।
आफ्नो जस्तै धेरैका पीडालाई गीतमार्फत् अभिव्यक्त गरिएको उनको भनाई छ । गीतमा शब्द र स्वर भण्डारीसँगै रामजी पौडेलको छ । गीतको कोरसमा अनिल चापागाईं, प्रकाश पौडेल, माया केसी, रोशनी घर्तीले साथ दिएका छन् । म्युजिक भिडियोको एरेञ्ज दिवस थापामगर र निर्माण गोपाल भण्डारी गरेका हुन् ।

बाँसुरी डिजिटल स्टुडियो पोखरामा गीत रेकर्ड भएको हो । भिडियोमा रमेश भण्डारी, अम्बिका भण्डारी, राम भण्डारी, सुहाना भण्डारी लगायतको अभिनय रहेको छ ।

नृत्यतर्फ रश्मि भण्डारी, प्रमिशा भण्डारी, सुनिधी शर्मा, मनिसा सुनार, निर्देशन शिवराज भुर्तेल लगायत छन् । सप्तरंगी साहित्य समाज अध्यक्षसमेत रहेकी अम्बिकाका दुई दर्जनभन्दा बढी गीत र चार पुस्तक प्रकाशित छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button