पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु

पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका -१८ खपौदी स्थित हर्पन खोलामा डुबेर पोखरा -५ मालेपाटन बस्ने अन्दाजी १४-१५ वर्षीय बालक सोनाम सुवेदीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोनम डुबेर बेपत्ता भएलगत्तै उनीसँगै पौडी खेल्न गएका अर्का बालक संजय कार्कीले स्थानीय मार्फत प्रहरीलाई जानकारी गराएका थिए।

घटनाको जानकारी लगत्तै दिउँसो १ :३० बजे सशस्त्र प्रहरी बल २४ नंवर कालिका गणबाट खटिएको विपद उद्धार एवं गोताखोर टोलीले खोज तथा उद्धारको क्रममा २:२० बजे बालकको मृत शव प्राप्त गरेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले जानकारी दिए।

हाल मृत शवको पोष्ट मार्टमका लागि पश्चिमान्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button