वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु

स्याङ्जाको वालिङ् नगरपालिका -१३ बायाँटारीमा चक्कु प्रहारबाट एकजना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका -३ का २० वर्षीय आयुष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले चक्कु प्रहार गर्ने दाङ राप्ती गाउँपालिका -३ का ३५ वर्षीय निम बहादुर घर्ती मगरलाई पक्राउ गरि वडा प्रहरी कार्यालय वालिङ हिरासतमा राखिएको बताए ।

आइतबार राती करिब १० बजे घर्ती मगरले चक्कु प्रहार गर्दा घाइते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा मृत्यु भएको डीएसपी रानाले जानकारी दिए ।

घटनाको थप अनुसन्धान कार्य तीव्र रुपले अगाडि बढाएइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button