राम्चेमा चैतेदशै मेला सम्पन्न

धार्मिक, सास्कृतिक, पर्यटकिय बस्तु सङ्रक्षण मा युवा भेला, श्री शितला राचेदेवी मन्दिरलाई बिकास र प्रवर्दन गर्न चैतेदशै मेला भन्ने मुल नाराका साथ फेदिखोला गाउपालिका ४ ढुकढुकी मिलन युवा परिवारको सकृयतामा आयोजना गरिएको नवौ राम्चेदेवी चैतेदशै मेला तथा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

फेदिखोला गाउपालिका वडा कार्यलयको समेत सहकाॠ रहेको कार्यक्रम मा खुल्ला पुरुष भलिवल प्रतियोगितामा पोखरा,२२  का खेलाडिहरु प्रथम भएका थिए भने शितला युवा क्लव ले दित्तिय स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै गरि महिला, घैटो फुटाउने कार्यक्रम मा सर्मिला बि.क र छेलो हान्ने प्रतियोगितामा प्रथम धनबहादुर नेपाली प्रथम हुनुभएको थियो , बिबिध सास्कृतिक कार्यक्रम सकेत गरि मेला सम्लन्न गरिएको छ ।

स्याङ्जा जिल्लाकै एतिहासिक धार्मिक स्थान मानिने उक्त राम्चे देवि मन्दिरको बिकास र प्रवर्दन को लागि हरेक बर्स चैतेदशै मेला साविक आरुखर्क १,२ र ३ का युवाहरुको सकृयतामा हरेक बर्स भई रहन्छ। देउ बहादुर गुरुङ को सम्योजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रम को प्रमुख अथिती, फेदिखोला गाउपालिका ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेलले उक्त क्षेत्र को बिकास र प्रवर्दन को लागि स्थानिय सरकार सकारात्मक रहेको जानाकारी गराउनु भएको थियो ।

शितला राम्चेदेवी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रम को सन्चालन नवौ चैतेदशै मेला आयोजक समितिका सचिव सुवास लामिछानेले गर्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button