पोखराको बिन्दवासिनी पेट्रोल पम्पमा आगलागी, स्कुटर जलेर ध्वस्त

तस्वीरः सामाजिक सञ्जाल

पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा रहेको बिन्दवासिनी आयल स्टोरमा तेल भर्दै गरेको स्कुटरमा अगलागी भएको छ ।

आइतबार दिउँसो करिब ४ बजेतिरको समयमा ग८प ८२१८ नम्बरको स्कुटरमा तेल हालिरहेको समयमा एक्कासी आगलागी भएको हो ।

आगलागीबाट स्कुटर जलेर ध्वस्त भएको छ । तत्काल आगो नियन्त्रणमा लिँदा ठूलो दुर्घटना टर्‍यो । पेट्रोल पम्पमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button