बेनी जाँदै गरेको बस पोखरामा दुर्घटना, ७ जना घाइते
![](https://kaskikhabar.com/wp-content/uploads/2024/04/suikhet-bus-780x470.jpg)
काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको बस पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते भए ।
कास्की प्रहरीका अनुसार राति करिब ३ बजे ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका वडा ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही गाउँकै ६ वर्षी निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् ।
यसैगरी, मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नर बहादुर पुन र सोही वडाकै ६५ वर्षीया कृष्णकुमारी पुन रहेकी छिन् । घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
कास्की प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै म्याग्दीको बेनी नगरपाकिला ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।