पोखरा आदर्श सेकेन्डरी स्कुलमा बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा बिदाइ तथा सम्मान कार्यक्रम आइतबार  सम्पन्न भयो। पृथ्वीनारायण क्याम्पस, पोखराका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  विभिन्न बिधामा उत्कृष्टता हासिल गरेका कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान तथा बिदाइ गरिएको थियो।

कार्यक्रममा आयोजक कक्षा ११ का विद्यार्थीहरुले नृत्य , गायन प्रस्तुति तथा कविता वाचन गरी कार्यक्रमलाई अत्यन्त रोचक एवम् मनोरञ्जनपूर्ण बनाएका थिए ।कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सरोज कोइरालाले विद्यार्थीले १२ कक्षा उत्तीर्ण पछि कसैको करकापमा नपरी आफ्नो रोजाइको विषय चयन गरी पढ्दा सोही विषयमा सफलता मिल्ने धारणा व्यक्त गरे।

विद्यालयका प्राचार्य श्री फणिन्द्र प्रसाद अधिकारीले समग्र विद्यालयको अवस्थाका बारेमा बताउँदै कक्षा १२ का विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गरे।कार्यक्रममा कक्षा ११ का छात्र प्रभु भक्त आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ११ कै सहृदय पौडेल र अनामिका गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने कक्षा १२ का अनुष्का श्रेष्ठ र इन्द्रा गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुबाट विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री कमलराज सापकोटाको सभाध्यक्षता सम्पन्न उक्त औपचारिक कार्यक्रमको संचालन सह प्राचार्य श्री ज्ञानेश्वर सुबेदीले गरेका थिए भने सास्कृतिक कार्यक्रमको संचालन कक्षा ११ का छात्राद्वय ऋचा अधिकारी र संस्कृति चालिसेले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button