गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार पूर्वान्ह ११:१० बजे राजीनामा बुझाएका हुन् । तत्कालीन सत्ताघटक माओवादी केन्द्रले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो । उनले चैत २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेमा विश्वासको मत नलिई राजीनामा बुझाएका हुन् ।

उक्त राजीनामा गण्डकी प्रदेश प्रमुखको कार्यालयले स्वीकृत गरेको छ। प्रदेश कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत भएको बताए ।

नयाँ सरकार गठनका लागि अब प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button