सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि हिजो १ लाख २५ हजार २ सय  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ६ सय रुपैयाँले बढेर १ लाख  २७ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै  फागुन २९ गते सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । हिजो तोलामा १ हजार ५ सय २० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँ बढेर १ हजार ५ सय ५५ रुपैयाँ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button