आज अन्तर्राष्ट्रिय खुशी दिवस

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ ।

यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरु गरिएको हो ।

सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो ।

यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १ सय ९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button