पोखरा महानगर वित्तीय सुशासनमा जिल्लाकै कमजोर, कास्कीमा रूपा अब्बल

पोखरा महानगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकनमा कास्की जिल्लामा सबैभन्दा कमजोर देखिएको छ ।

२०७९/०८० मा महानगरपालिका ६० अंक सहित सबैभन्दा पछाडि छ । सार्वजनिक भएको नतिजा अनुसार रुपा गाउँपालिकाको नतिजा सबैभन्दा अब्बल देखिएको छ । रुपाले ६७ अंक सहित उच्च स्थान पाउँदा माछापुच्छ्रे गाउँपालिकाले ६४.५ अंक पाएको छ । यस्तै, अन्नपूर्णले ६२ र मादीले ६०.५ अंक पाएको छ ।

जिल्ला समन्वय समिति कास्कीले जिल्लाका स्थानीय तहहरुको वित्तीय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्वजनिक गरेको हो । जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले कुनैपनि पालिकाको नतिजा उत्कृष्ट हुन नसकेको भन्दै आगामी दिनमा सुधार्न सुझाए ।

वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ को आधारमा उक्त नतिजा सार्वजनिक गरिएको हो । योजना बजेट तथा कार्यक्रम ब्यबस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाकंन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनका विषय क्षेत्र तोकी १ सय १८ वटा सूचकमा अंक दिइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button