भाषा आलोकन अङ्क ६ विमोचन तथा चौधौँ साधारण सभा सम्पन्न

`भाषा सभ्यताको संवाहक हो´ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमुलक कार्य गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालको १४ औँ वार्षिक साधारण सभा तथा भाषा आलोकन अङ्क ६ विमोचन समारोह यही मिति २०८० फागुन २८ गते पृथ्वीनारायण क्याम्पस पोखराको जर्ज जोन सेमिनार हलमा सम्पन्न भएको छ ।

कार्यक्रममा ञलेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन झशीर्षकमा विद्यावारिधि उपाधि हासिल गर्नुभएका संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार उप प्रा। डा । बोधराज ढकाललाई सम्मान गरिएको थियो भने नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान र विभिन्न प्रतियोगितात्मक कार्यक्रमको पुरस्कार वितरणसमेत गरिएको थियो ।

कार्यक्रममा पमुख आमन्त्रित व्यक्तिका रूपमा उपस्थित वरिष्ठ समालोचक प्रा।डा।दयाराम श्रेष्ठले आफ्नो मन्तव्य राख्दै नेपाली भाषा शिक्षक परिषद्ले भाषा र भाषिक अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।साथै उहाँले गर्वका साथ नेपाली विषय शिक्षक हुँ भन्ने अवस्था आएको भन्दै आफ्नो साधना त्यसैका लागि भएको धारणा राख्नुभयो । भाषा शिक्षक परिषद् जस्ता संस्थाले नेपाली भाषाको संरक्षण र उत्थानमा लडाइँ लड्नुपर्ने धाराणा राख्नुभयो ।

भाषा सम्बन्धि कार्यक्रममा उपस्थित हुन पाउँदा आफूलाई सबैभन्दा खुसी लाग्ने कुरा राख्दै प्रा.डा. श्रेष्ठले भाषा बिग्रँदा देशले ठूलो क्षति बेहोर्ने भन्दै भाषाको सुधारका लागि हामी सबै लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सांस्कृतिक राष्ट्रवादको विचारलाई सबैले आत्मसात गर्नुपर्ने धारणासमेत राख्नुभयो। संस्थाका सल्लाहकार सह प्रा.डा. पुण्यप्रसाद शर्माले प्रमुख आमन्त्रित व्यक्तित्व पा.डा. दयाराम श्रेष्ठको परिचयसहितको मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा भाषा आलोकन अङ्क ६ का समालोचक सुरज पौडेलले आलोकनको आद्योपान्त समालोचना गर्दै पुस्तकमा विभिन्न विधासँग सम्बन्धित, नेपाली भाषासँग समन्धित लेखका साथै विविध लेख रहेकाले विषयगत र शैलीगत विविधता भएकाले पुस्तक धेरै दृष्टिले उत्कृष्ट बनेको धारणा राख्नुभयो । उहाँले भाषा आलोकनले भाषा अध्यापक र अध्येताको पेसागत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। पुस्तक अझ उत्कृष्ट बनाउन विभिन्न सुझावहरू समेत प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार प्रा.डा. रामनाथ ओझा,सल्लाहकार सह प्रा.डा. यमनाथ तिमिल्सिना ,संस्थापक अध्यक्ष तथा सल्लाहकार माधवशरण उपाध्याय ,सम्मानित व्यक्तित्व तथा सल्लाहकार उप प्रा.डा. बोधराज ढकाल , गणित शिक्षक मन्च, कास्कीका अध्यक्ष डिल्लीराम अधिकारी, नेपाली भाषा शिक्षक परिषद् ,पर्वतका अध्यक्ष सन्तोष पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यमा संस्थाका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गर्नुभएको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button