राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारबारे छलफल गर्न देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

२९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

संसदीय दल कार्यसमितिले पूर्णता भने पाएको छैन । संसदीय दलको कार्यसमितिमा हाल सभापति शेरबहादुर देउवा, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक छन् ।

सभापति देउवाले संसदीय दलको कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई पनि सहभागी गराउँदै आएका छन् ।

आइतबार हुने बैठकमा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुनेछन् । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button