सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि हिजो  १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १५  सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ पुगेको हो । यस्तै मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि आज बढेको छ । हिजो तोलामा एक हजार चार सय ४० रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँ बढेर एक हजार चार सय  ७० रुपैयाँ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button