युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत सङ्कलन

५९ औ जुनियर युवा रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत सङ्कलन भएको छ । युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवं जिल्ला सभापति प्रा.डा.कृष्णप्रसाद गौतमज्युले रगतको विकल्प नभएकाले सबैमा रक्तदान गर्न अपिल गर्नुनुभएको थियो ।
उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेज्युहरुले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको स्ववियु आदिकवि भानुभक्त क्याम्पस प्रायोजन एवं नेरेसो क्षेत्रीय रक्त संचार पोखराको प्राविधिक सहयोगमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य स्ववियु अध्यक्ष गौरव पन्थज्युले व्यक्त गर्नुभएको थियो भने सञ्चालन युरेस आदिकवि सचिव मौसमी थापाज्युले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेरेसो गण्डकी प्रदेशका उपमहासचिव, नेरेसो तनहुँ उपसभापति नारयणी अधिकारी, नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, संचालक समितिका सदस्य महोन गिरी, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, सागर पौडेल,  IQAC प्रमुख विश्वशेर तिम्लसेना, स्ववियु अध्यक्ष गौरव पन्थ प्रध्यापक संघका कार्यवाहक अध्यक्ष चिरनजीवी बस्नेत, विभागिय प्रमुखज्युहरु, कर्मचारी संघ अध्यक्ष बिष्णु रिजाल,  शिक्षक नायक रुपक श्रेष्ठ, उपनायक दिलिप पोखेरल , प्रध्यापक तथा कर्मचारीज्युहरु स्ववियु पदाधिकारी एवं सदस्यज्युहरु, क्याम्पसमा दर्ता भएको विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यज्युहरु, युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको पूर्व अध्यक्षज्युहरु तथा र्वतमान पदाधिकारी एवं सदस्यज्युहरु, रक्तदाता एवं विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । रक्तदातालाई फलफुल तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button