पोखरामा अवैध रूपमा ल्याउँदै गरेको कटिङ ढुंगासहित टिपर नियन्त्रणमा

अवैध रुपमा कटिङ ढुंगा ल्याउँदै गरेको टिपरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार राति अन्दाजी साढे १० बजेको समयमा घाचोकबाट पोखरा ल्याउँदै गरेको अवैध कटिङ ढुंगालाई प्रहरीले लामाचौरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा -१६ लामाचौरमा सवारी साधन चेकजाँच गर्ने क्रममा घाचोकबाट आउँदै गरेको ग १ क ५३६८ नंवरको टिपरमा कटिङ ढुंगा लोड गरेको पाइएपछि टिपरलाई रोकी ढुंगा निकासीको आवश्यक प्रमाण पुग्ने कागजपत्र चालकले देखाउन नसकेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हाल उक्त टिपरलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि एक्याप पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button