सातौँ घिरिङ अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु; गाउँपालिका अध्यक्ष थापा द्वारा उद्घाटन

अन्जान परियार । घिरिङ, फागुन २० सातौँ घिरिङ अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ । युवा खेलकुद बिकास समिती घिरिङको आयोजना र घिरिङ गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ३ स्थित खेल मैदानमा सुरु भएको सो प्रतियोगिताको घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरे ।

अध्यक्ष थापाले मुख्य रेफ्री सुर्य थापालाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए । युवा खेलकुद बिकास समिति घिरिङका अध्यक्ष झपेन्द्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, निवर्तमान गाउँपालिका अध्यक्ष रनबहादुर राना, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, बिधालयका प्रधानाध्यापकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । सो कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सन्चालन युवा खेलकुद बिकास समितीका सचिव समर रानाभाटले गरेका थिए । ‘खेलकुद अनुशासन र राष्ट्रभक्ती समृद्ध घिरिङका लागि स्वस्थ जनशक्ति’ भन्ने मुल नाराका साथ सन्चालिन उक्त प्रतियोगिता फागुन २२ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा गाउँपालिका भित्र रहेका प्रत्येक वडा बाट दुई टिम पुरुष र १ टिम महिला गरि जम्मा १५ टिम खेलमा सहभागी हुने खेलकुद समिति घिरिङका अध्यक्ष झपेन्द्र गुरुङ्गले जानकारी दिए । साथै जनप्रतिनिधि र कर्मचारी बिच पनि मैत्रीपुर्ण खेल हुने जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ७५ हजार रुपैयाँ, उपबिजेता टिमले नगद ५५ हजार रुपैयाँ र तृतीय टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै महिला तर्फको प्रतियोगिताको बिजेता टिमले नगद ४५ हजार रुपैयाँ, उपबिजेता टिमले नगद ३५ हजार रुपैयाँ र तृतीय टिमले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार रहेको छ । बेष्ट प्लेयर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट स्पाइकर र बेष्ट डिफेन्डरलाई मेडल र प्रमाणपत्र प्रादन गर्ने खेलकुद विकास समितिका सचिव रानाभाटले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button