सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता  छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button