‘र्‍याप ब्याटल नेपाल’ को पोखरामा अडिसन सम्पन्न

अडिसनमा १६७ जना सहभागिता जनाए

टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’को पोखरा अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन पोखराको क्लब सिक्सटिनमा भएको हो ।

पोखरा अडिसन प्रचार नेपालले व्यवस्थापन गरेको छ। पोखरा अडिसनमा १६७ जना सहभागिता जनाएका थिए भने जसबाट ३८ जना अर्को चरणका लागि छनोटमा परेको प्रचार नेपालका निर्देशक आशिष पुरीले जानकारी दिए। पोखरामा धेरै पछि र्‍याप सम्बन्धी अडिसन भएकाले पनि सहभागी उत्साही रहेको पाइएको छ ।

पोखरा अडिसनमा र्‍याप्पर निरज मल्ल ठकुरी (टुकी), बिजेन थापाकाजी, राजन केसी, संगीत टिचर दिमी निर्णायकको रुपमा थिए। गायक, संगीतकार तथा र्‍यापर विनोद ढकालसमेत निर्णायक रहने उक्त अडिसन पोखरा हुँदै अन्त्यमा काठमाडौंमा हुनेछ। यो साे एपी वान टेलिभिजनमार्फत अप्रिलबाट प्रसारणमा आउनेछ।

नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले जानकारी दिए। इभेन्ट निर्देशक डेभिलसिंह राजपूतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण शोले दिने बताए।

तस्बिर: आयुष मोटू / प्रचार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button