पोखरा कप क्रिकेटः सेमिफाइलन समिकरण पूरा मदरल्याण्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने

एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिब स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् ।

बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफानइलम मदरल्यान्ड र प्रतिभा मावीबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइलनमा गण्डकी बोर्डिब र अंमरसिंह मावि भिड्नेछन् । सेमिफाइनल खेलका विजेताले बुधबार उपाधि भिडन्त तय गर्नेछन् । सोमबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

अंमरसिंहले नेपाल भारतमैत्री विद्यालयलाई ६८ रनले पराजित गर्दै सेमिफाइलनमा प्रवेश ग¥यो । मदरल्यान्ड र गण्डकी बोर्डिब यसअघि नै सेमिफाइलन प्रवेश गरिसकेका थिए । पहिलो खेलमा कुमुदिनीले दिएको ३६ रनले लक्ष्य प्रतिभाले २ ओभर १ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । प्रतिभाका लागि रोशन पौडेल, निश्चल श्रेष्ठले ९/९ र बब्लु शाहले ६ रन बनाए । बलिबमा कुमुदिनीका लक्की गुप्ताले एक विकेट लिए । यसअघि पहिला ब्याटिब गरेको कुमुदिनी ९ ओभर ४ बलमा ३५ रनमा समेटिएको थियो ।

कुमुदिनीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिबमा प्रतिभाका सन्देश गिरीले सर्वाधिक ५ विकेट लिए । सन्देश प्लेयर अफ दम्याच घोषित भए । दोस्रो खेलमा अंमरसिंहले दिएको १०५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल भारतमैत्री मात्र ३६ रनमा समेटियो । अंमरसिंहका बलरसामु नेपाल भारतमैत्रीका लागि कुनै पनि ब्याटर जमेर खेल्न सकेनन् । अंमरसिंहका सत्कार चालिसे, कृतज्ञ अधिकारी, प्रसन्न भण्डारी र कल्यान कुमालले २/२ विकेट लिए ।

यसअघि पहिला ब्याटिब गरेको अंमरसिंहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । अंमरसिंहका बिमोचन सापकोटाले सर्वाधिक ३० रन जोडेका थिए । बलिबमा नेपाल भारतमैत्रीका लागि अलोक गुप्ताले ३ विकेट लिए । सुमन पन्त प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । उपाधि विजेताले ८० हजार रु पैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button