कास्कीको मिर्सा भिरबाट खस्दा जर्मन पर्यटको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । माछापुच्छ्रे १ मिर्सा भिरबाट लडेर जर्मन नागरिक पियाको मृत्यु भएको हो ।

उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट खटिएको टोलीलेआइतबार बिहान शव निकालेर पोखरा ल्याएको कास्की प्रहरीले जानकारी दिएको छ ।

थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि जानकारी लिएर छाडेको छ । उनी भारतको गोवामा भेटेर नेपाल आएका थिए । उनी कास्कीको ढिकी डाडाँको एक घरमा १० दिन अगाडीबाट बस्दै आएका थिए ।

उनीहरु ढिकी डाडाँमा बसेपनि तोता पनि हुर्दै मिर्सा घुम्न निगएका थिए । अमेरीक पर्यटकले दिएको जानकारी अनुसार उनी शौचालय जाने क्रममा भिरबाट लडेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button