पोखरामा सरकारी छाप र जरायोको सिङसहित ३ जना पक्राउ

पोखरामा सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावरको सिंङ सहित ३ जना पक्राउ परेका छन् ।

पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ का विवेक श्रेष्ठ रहेका छन् । उनीहरू सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

पोखरा नयाँबजारमा रहेको ब्लू होम डेकोर पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान फेला परेको थियो । छापहरु बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ सहित बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button