सर्वोत्कृष्ट नव गायिकाकाे उपाधि पुनम सुनारलाई

 तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम भव्यता पूर्वक सम्पन्न  भएको छ । 

स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेसनको सहयोगार्थ विशाल मुभिज प्रा.लि. अनामनगरद्धारा आयोजित तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम तथा स्रष्टा सम्मान चलचित्र विकास बोर्डको सभाहल चाबहिलमा भव्यता पूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा लोक तथा दोहोरी गीतसंग सम्बन्धित ३२ विधाका करिब ५० भन्दा बढी कलाकारहरूलाई उत्कृष्ट अवार्ड बितरण गरिएको छ । यसै क्रममा पाल्पाकी पुनम सुनारलाई नब गायिकाकाे अवार्ड प्रदान गरिएको छ । उनले लाहुरे माया बाेलकाे गीतबाट अवार्ड प्राप्त गरेकी थिइन् । सूर्य खड्का, दिपेन थापा, पुनम सुनारकाे अावाजमा शिव अखेलीले शब्द सूर्य खड्काकाे सङ्गीतमा रहेको थियो । यता अवार्ड प्राप्त गर्दे गायिका सुनारले स्टाटस लेखेकी छिन् । 

गीत गाउँछु भन्दै गीत सङ्गीतमा हिँडेको पनि झन्डै  छ सात वर्ष भएछ अझै सिक्ने क्रममै छु यही सिक्ने क्रममा वर्षको सर्वोत्कृष्ट नव गायिका  (लाहुरे माया)  गीतबाट पाएको पहिलो खुशी पहिलो अनुभव हो । मेरो र लोक दोहोरी क्षेत्रमा अझै मेहनत र राम्रो गर्नु पर्छ है भन्ने हौसला उर्जा मिलेको छ  भन्दै भोट प्रदान गर्नु हुने सबैलाई धन्यबाद दिएकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button