११२ व्यवसायीका २५० मिटरहरू परीक्षण तथा नवीकरण

कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा मिटर परीक्षण तथा नवीकरण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तरगत व्यवसायी सदस्यहरूका लागि यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।
“हामीले संस्थामा आबद्ध सदस्य व्यवसायीहरूको सहयोगका लागि यस प्रकारको कार्यक्रम वर्षेनी गर्दै आइरहेका छौँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो, यसले गर्दा व्यवसायीहरूलाई नियमित गर्नु पर्ने मिटर परीक्षणका लागि नापतौल तथा गुणस्तर कार्यालयसम्म धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।” उहाँका अनुसार शनिवार ११२ व्यवसायीहरूका २५० मिटरहरू परीक्षण तथा नवीकरण गरिएको छ ।
मिटरहरू चलाउने वा काम गर्ने सिलसिलामा बाङ्गिने र खिइने समस्या हुने भएकाले त्यसको यकिनका लागि वर्षेनी नाप जाँच तथा नवीकरण गराउनु पर्ने व्यवस्था अनुरूप यस प्रकार मिटरहरू परीक्षण गरिएको गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रमुख मनोज कुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार व्यवसायीहरूले नियमित रूपमा न्यूनतम शुल्क बुझाएर मिटर नवीकरण गर्नु पर्दछ ।
संस्थाको पहलमा भएको कार्यक्रमले आफूहरूलाई सहज भएको व्यवसायीहरूले बताएका छन् । संस्थामा आबद्ध व्यवसायीहरूको हितलाई मध्यनजर गरी मिटर जाँच सहित नवीकरणको व्यवस्था मिलाएको उनीहरूले आभार समेत व्यक्त गरेका छन् ।
कार्यक्रम संस्थाका रोशन आचार्यको संयोजकत्वमा सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button