पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

पोखराको लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ।
पोखरा महानगरपालिका–२९ भण्डारढिक घर भई हाल पोखरा–५ मालेपाटनस्थित विद्युत् वितरण केन्द्रमा ज्यालादारीमा काम गर्दै आएका ३४ वर्षीय सन्तोष केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पोखरा–६ लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा केसीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी पोलबाट खसेर घाइते भएका थिए।
घाइते केसीलाई तत्काल उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।



