संगीतकर्मी संघ कास्कीमा हरि राज कोईरालाको नेतृत्व

राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सातौँ साधारण सभा तथा चौथोअधिवेशनले हरि राज कोईरालाको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा कपिल श्रेष्ठ उपाध्यक्ष राजन सुवेदी महिला उपाध्यक्ष सोनिया कार्की खत्री सचिव भेसराज अधिकारी कोषाध्यक्ष करुणा गुरुङ सहसचिव ऋषिराम खनाल सदस्य ज्ञानबहादुर कार्की सदस्य चिजा पाईजा सदस्य- भगवती सिग्देल छन् ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी सङ्घ केन्द्रका सदस्य ऋषिराम दाहालले संस्था कसरी चलाउने भन्दा पनि आफूले कसरी संस्था चलाउने भन्ने सोच आग्रह सोच गर्न आग्रह गरेका थिए। संस्थाका अध्यक्ष सुनिल गायकको अध्यक्षता भएको कार्यक्रममा प्रदेशका प्रथम उपाध्यक्ष सागर कार्की सल्लाहकार नारायण सिग्देल लगायतले बोलेका थिए।



