सुनिल गायकको नयाँ म्युजिक भिडियो ‘चोटै चोट’ सार्वजनिक

नेपाली गीत संगीतमा लागि रहेका गायक तथा संगीतकार सुनिल गायकको नयाँ म्युजिक भिडियो ‘चोटै चोट’ सार्वजनिक भएको छ। गीतमा प्रेमीले प्रेम गुमाउनु र आफुलाई माया गर्नेको मान्छेको खुशी पनि प्रेम रहेको देखाईएको छ। प्रेम,रोदन र विछोड,त्याग भिडियोमा देखाईएको छ।

सुपु म्युजिक क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा शब्द संगीत र स्वर तथा अभिनय स्वंय सुनिल गायक रहेका छन र उनलाई म्युजिक भिडियोमा, एलिसा भोग र सविन गायकले साथ दिएका छन। संगीत संयोजनमा साहिल गायक तथा भिडियोमा निर्देशन नेत्र गुरुङले गरेका छन। त्यसै गरि पब्लिसिटी डिजाईन सोपु क्रियशन रहेको छ।

गायक गीत संगीत सहित सामाजिक सेवामा समेत सक्रिय रहेका छन। उनका गीत तिम्रो अभाव,कति माया, कहिले भईन, सम्बन्ध, लोक गीत तथा भजन गीतहरु समेत गाएका छन। राष्ट्रिय संगीतकर्मी संघ कास्की, हेमजा साहित्य प्रतिष्ठान नेपाल को अध्यक्ष,कास्की जिल्ला फुटबल संघका सदस्य लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका छन। गीत संगीतमा लागेर नै आफु खुशी भएको र आगामी दिनमा पनि निरन्तर लागि परेको र गायकको नयाँ योजनमा गजल गीत, गन्धर्व गीतहरु रहेको बताए।

Related Articles

Check Also
Close
Back to top button