लेखनाथ सामुदायिक सहकारीको १७ औं साधारण सभा

कास्कीलाई आफनो कार्यक्षेत्र बनाएर विभिन्न तीन ठाउमा सेवा केन्द्र स्थापना गरि काम गर्दै आएको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी सस्थाले आफनो १७ औं साधारण सभा सम्पन्न गरेको छ ।
श्रावण २१ गते देखि सुरु भएको साधारण सभा भाद्र १४ गते समापन गरिएको सस्थाले आफना एक हजार दुई सय सात सेयरहरुलाई दैनिक रुपमा पालो पालो गरि संचालन भएको साधारण सभामा सहकारीले गरेको आर्थीक उन्नतीका वारेमा जानकारी गराएको थियो ।सहकारीको अन्तिम दिनको साधारण सभालाई सम्वोधन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले पोखरा महानगरपालिका भित्र रहेका तीन सय ६० सहकारीले सहकारीको निती नियमलाई पालन गरेर आर्थीक कारोवार गरेको भए सहकारीको क्षेत्रमा समस्या नआउने ठोकुवा गरेका थिए ।
सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान लघुवित्त पोखरा साखाका अधिकृत यमराज कालायोगीले सहकारीले सुरक्षीत क्षेत्रको पहिचान गरि आय क्षेत्रमा लगानी गर्नु पर्ने सुझाव राखेका थिए भने नेपाल बचत तथा ऋण सहकारी सस्थाका ईन्चार्ज सुरेन्द्र चालिसेले सहकारीहरुले प्रविधिको प्रयोग गर्दै कुरामा होईन कामबाट अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत संकर प्रसाद पौडेलले सहकारीको आर्थीक उपार्जका लागि गरेका काम र आगामी दिनमा गरिने कार्ययोजनाका वारेमा जानकारी गराएका थिए ।
सस्थाका सचिव शिव न्यौपानेले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष लक्ष्मी वास्तोलाले गरेकी थिइन ।



