पोखरामा ‘गाउँ पर्यटन मेला’ आयोजना हुने, सामुदायिक होमस्टे तथा पर्यटन व्यवसायीका २५ स्टल राखिने

पोखरा /
गाउँ पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय पर्यटन व्यवसायीलाई बजारसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘तेस्रो गाउँ पर्यटन मेला’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भिटोफ० गण्डकीको सह–आयोजनामा हुने मेला लेकसाइडमा सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन उद्योग रहेको सन्दर्भमा मेलाले गाउँ पर्यटनलाई केन्द्रमा राख्दै त्यसको प्रवद्र्धन र बजारीकरणमा योगदान र्पुयाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले बताए । मेलाले स्थानीय पर्यटन व्यवसायीलाई आ–आफ्ना सेवाहरूको प्रवद्र्धन गर्ने, बजारसँग जोड्ने तथा सम्भावित पर्यटकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।
मेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनल भने, ुमेलाको प्रमुख उद्देश्य गाउँमा रहेका होमस्टे तथा अन्य पर्यटन सेवाहरुलाई बजारसँग जोड्नु, गाउँ पर्यटनको सम्भावना उजागर गर्नु र युवा पलायन रोक्ने गरी गाउँमै रोजगारी सिर्जना गर्नु रहेको छ ।
मेला अवधिमा सामुदायिक होमस्टे तथा पर्यटन व्यवसायीका २५ स्टल राखिने छन् । संवाद कार्यक्रमअन्तर्गत गाउँ पर्यटनको सम्भावना, चुनौती र अवसर, गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मी र उद्योगी–व्यवसायीको भूमिकाबारे छलफल हुने छ । सांस्कृतिक कार्यक्रममार्फत विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिने भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकोटाले बताइन् । मेलाले पर्यटकीय गाउँको पहिचान प्रवद्र्धन गर्नुका साथै गाउँमा उत्पादन हुने सामग्री र सेवाको बजारीकरणमा टेवा र्पुयाउने उनको विश्वास छ ।
मेलामा नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, विद्यार्थी, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । सामुदायिक घरबासको व्यावसायिकता र पर्यटन क्षेत्रमा संलग्न सबै पक्षको जागरूकता अभिवृद्धिमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ । गाउँ पर्यटनलाई व्यापक बनाउँदै ुसमृद्ध नेपाल, सुखी नेपालीु नारालाई सार्थक बनाउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाहरूको विश्वास छ ।



