Site icon Kaski Khabar

साहारा फर्टिलिटि : १० बर्षमा १ हजार जोडिलाई सन्तान दिन सफल

पोखरा चैत ३/ पोखराको प्रस्याङमा रहेको निसन्तान दम्पतीको लागि सन्तान दिने साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टरले १० बर्षको अवधिमा ३ हजार ५ सय दम्पतीलाई सेवा प्रदान गर्दै,१ हजार दम्पतीलाई सन्तान दिन सफल भएको छ । फर्टिलिटि स्थापनाको १० बर्ष पुरा भएको अवसरमा शनिवार पोखरामा आयोजना गरिएको बार्षिक उत्सव कार्यक्रम मार्फत फर्टिलिटिका अध्यक्ष एबम सञ्चालक डाक्टर गिरधारी शर्माले उक्त कुरा बताएका हुन।

स्थापनाकालमा चुनौति बढि भएको बताउदै शर्माले अहिले संस्था प्रति जनताको विश्वास बढेको र निशन्तान दम्पतीको लागि सपना सकार पार्ने थलो रहको उल्लेख गरे ।फर्टिलिटि नेपाल सोसाइटिका अध्यक्ष डाक्टर भोला रिजालले ४० बर्षदेखि निःशन्तानको सेवामा लागेको बताए । उनले समाजमा अहिले पनि निःशन्तान हुनुमा महिलालाई बढि दोष लाग्ने गरेको बताउदै अहिले भने आईभिएफ सेन्टरले त्यो अवस्था चिर्न सफल भएको जनाए।

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यलयका प्रमुख सचिव रघुराम बिष्टले पोखरा शहर स्वास्थ्य क्षेत्रको हव भएको बताए । उनले यस्ता सस्था स्थापनाले सन्तानको चाहाना राख्ने निःशन्तान दम्तीको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले पोखरामा अस्पताल स्थापनको इतिहास बताउदै समिति स्रोत साधन हुदा पनि स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।

उनले अहिले भने पोखरामा अत्याधुनिक सेवा प्रदान गर्ने ल्याव सहितका अस्पताल रहेको बताउदै निसन्तान दम्पतीकोे लागि सन्तान दिएर फर्टिलिटिले स्वास्थ्यको क्षेत्रमा ठुलो योगदान पु¥याएको उल्लेख गरे ।कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान डाक्टर भरत बहादुर खत्री, समाजसेवि तथा उद्योगि डोल राज शर्मा, अफिन गण्डकीका अध्क्षय कपिल पोख्रेल, डाक्टर मदन खड्का लगाएले बोलेका थिए भने, कार्यक्रममा स्वास्थ्य क्षेत्रका चिकित्सकहरु उल्लेख सहभागिता रहेको थियो ।

 

Exit mobile version