Site icon Kaski Khabar

म्यानपावर शाखा कार्यलयहरुलाई अभिमुखिकरण तालिम

पोखरा ।

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीमा आबद्द शाखा सचालकहरुका लागि  वैदेशिक रोजगार सम्वन्धि ऐन कानुन र शाखा संचालन सम्बन्धमा एकदिने तालिम सम्पन्न भएको छ ।

श्रम तथा रोजगार कार्यलय प्रमुख वरिष्ठ अधिकृत सुरेश ढकालको प्रमुख आतिथ्यता, विभागिय प्रमुख प्रदिप ढकालको प्रशिक्षण र नायव सुव्वा जिवाखर शर्मा  आतिथ्यतामा ७५ जना भन्दा वढि म्यानपावर शाखा प्रमुख हरुलाई प्रशिक्षण गरिएको हो । सो अभिमुखिकरणमा म्यानपावर भित्र देखिने बेथिती र शाखा संचालन गर्दा अपनाउनु पर्ने नितिनियमका वारे जानकारी गराईयो।

कार्यक्रममा   प्रशिक्षण विभागिय अधिकृत प्रदिप ढकालले दिनु भयको थियो।श्रम तथा रोजगार कार्यलय प्रमुख वरिष्ठ अधिकृत सुरेश ढकालले  वैदेशिक रोजगार ऐन २०६६ ले २०८१ को वैदेशिक रोजगार व्यावसायलाई राम्रो संग सम्वोधन गर्न कठिन भएको र केही वुदाहरु संसोधनको अवस्था रहेको बताउनुभयो  ।

उहांले व्यावसायलाई  मर्यादित ढंग वाट संचालन गर्न गराउन सुझाव दिनुभयो ।  कार्यक्रम का अध्यक्ष तथा संयोजक सुजन श्रेष्ठले शाखा हरु संचालनका अभिलेखहरु कानुनसम्मत राख्न र कर्मचारीहरु नियुक्ति सम्वन्धमा बारे बोल्नुभयो । उहांले वजारमा वैदेशिक रोजगार सम्बन्धी व्यावसाय अनुमति प्राप्त संस्था वाहेकका केही शैक्षिक परामर्श केन्द्र र शिप तालिम केन्द्रहरुले अबैधानिक रुपमा वैदेशिक रोजगार सम्वन्धी कार्य गरि त्यसको दोष समेत म्यानपावर व्यावसायी भोग्नु परेको बताउनुभयो ।

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी अध्यक्ष सुजन श्रेष्ठको संयोजकत्व, सह संयोजक कोषाध्यक्ष केशर के सी, महासचिव धिराज श्रेष्ठ र श्रम तथा रोजगार कार्यलय पोखराको सहजीकरणमा  सोमबार वाजेको सेकुवा नागढुङ्गा मा कार्यक्रम भएको हो ।

वरिष्ठ उपाध्यक्ष रवि राज घिमिरे ले स्वागत मन्तव्य तथा व्यावसायी तर्फ देखि सल्लाहकार जगत मोहन गिरि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

Exit mobile version