Site icon Kaski Khabar

आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल अमेरिकासँग ३ विकेटले हारे

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

 

आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल र संयुक्त राज्य अमेरिकाका पुरुष राष्ट्रिय टोलीबीचको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले हारेको छ।

अमेरिकाको ड्यालसमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाउँदै २९१ रन बनाई लक्ष्य पूरा गर्‍यो।

दोस्रो इनिङ्समा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए पनि जितका लागि त्यो पर्याप्त भएन।
पहिलो इनिङ्सको अन्तिम बलमा आउट भएका कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन बनाएका थिए।

यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ। शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले हराएको थियो।

Exit mobile version