Site icon Kaski Khabar

पोखराको नागढुङ्गामा खुल्यो सबै किसिमका सवारीसाधनका लागि टायर पसल

पोखरा ।

पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ । पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार गरेको हो । बजारको मागलाई मध्यनजर गरि पोखरा नागढुङ्गामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिनुभयो ।

विगत १३ बर्ष देखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै आएको कम्पनीले नागढुङ्गा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान लगायत सम्पुर्ण सवारी साधनको जुनसुकै साइटका नया टायर विक्री केन्द«बाट सेवा शुरु गरेको हो ।
उक्त शाखाबाट इण्डियन तथा चाइनिज ब्राण्डका टायर विक्री हुनेछ । पोखरा बजार तथा सिद्धार्थ हाइवे लक्षित गरि सेवा विस्तार गरिएको अर्का संचालक हितेष अधिकारीले जानकारी दिनुभयो ।
विस्तारित शाखामा भद्रकाली टायर रिसोलिङबाट दिदैं आएको सेवालाई यथावत राख्दै मोटरसाइकलदेखि बस, ट्रक तथा ट्रयाक्टरका सम्पुर्ण साइजका टायर सर्वसुलभ तथा सुपथ मुल्य उपलब्ध गराएको संचालक हुमबहादुर खत्री ‘अर्जुन’ बताउनुभयो ।
अत्याधुनिक हाइड्रोलिक प्रविधीबाट टायर खोल्ने फिटिङ गर्ने, निशुल्क खोल्ने तथा फिटिङ गर्ने, टायरको हावा चेक गर्ने, टायर सम्बन्धी सम्पुर्ण परामर्श सेवा प्रदान गरिएको छ ।

निकट भविष्यमा आधुनिक प्रविधीको भाइकिंग गाडी को टयुबलेस टायर रिसोलिंग को शुरुवात गर्ने पनि केसीको योजना छ ।

Exit mobile version