आर्दश टोल सुधार समिति बैदाममा

आर्दश टोल विकास सस्था पोखरा महानगरपालिका वडा.न. ६ बैदामको अध्यक्षमा सोमनाथ अधिकारी चयन भएका छन । संस्थाको शनिबार पुनर गठित प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।

सस्थाको उपाध्यसक्षमा कृष्ण प्रसाद पौडेल चयन भएका छन् । यस्तै सचिवमा कबिता अर्याल गौतम, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा मैना देवी रावत लम्साल, चुनिएकी छन् । यस्तै सदस्यहरुमा विर बहादुर सुनार, सन्देश गौतम, पुरुषोतम न्यौपाने, गौमति थापा, राम बहादुर सुनार, दुर्गा पहारी, इन्द्र बहादुर नौमाग, रजनि परियार, उषा गुरुङ, बाबु काजी श्रेष्ठ र बुद्दि बहादुर क्षेत्रि चयन भएका छन । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

निर्वाचन अघी भएको संस्थाको अधिवेशनमा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा.न.६ का टोल समन्वय समितिका संयोजक गिरीराज अधिकारीले वडा.न. ६ मा रहेको २७ वटा टोल विकास संस्थाहरु मध्य आर्दश टोल सुधार संस्था अरु भन्दा पृथक रहेको बताउनु भयो ।

संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो क्षेत्रमा फोहोर मैला ब्यवस्थापनमा समेत योगदान रहेको प्रस्टाए । पोखरा महानगरपालिका वडा.नं. ६ का वडा सदस्य बासु बरालले उनले सस्थाले समाजमा रहेको विकृति विसंगति सहित अन्धविकासको बारेका जनचेतना फैलाउन आग्रह गरे ।

समितिमा सदस्य विर बहादुर सुनारले सदस्यहरुको क्षमता विकास गर्नेे तालिम र भिमुखीकरण जस्ता कार्यक्रमहरु ल्याउन नवगठित समितिलाई आग्रह गरे । नव निर्वाचित अध्यक्ष अधिकारीले अगामि दिनहरुमा सदस्यहरुको आर्थिक स्तर सुर्धान वडा कार्यलय सगँ समन्वय गरेर  सिलाइ कटाइ, सिङ्कके धुप र मैनबत्ती बनाउने तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
अध्यक्ष धर्म बहादुर सुनार सभा अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सन्दिप विश्वकर्मा लगाएतका बक्ताहरुले संस्थाले समाजमा पुराएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई  सुझाव दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button