Site icon Kaski Khabar

प्रगतिटोल नमूना आमासमूहमा शर्मिला श्रेष्ठ

पोखरा ।

प्रगतिटोल नमूना आमासमूह प्रगतिटोल चाउथे पोखराको चौथो अधिवेशन तथा एघारौं साधारणसभाले शर्मिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेसनले प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्दितिय उपाध्यक्ष द्रौपदी पौडेल, सचिव तुलसा पुन, कोषाध्यक्ष कान्ता कोइराला पोखरेल, सह सचिव सीता खड्का, सह कोषाध्यक्ष निरु ढकाल, सदस्यहरु समुद्र थापा, माया गुरुङ, लक्ष्मी हमाल खाँड, सानू अधिकारी, दयाकुमारी आले, विष्णु खत्री , ललिता खड्का, शान्तिदेवी थापा, भोला राना, खिमा के सी, यामकुमारी गुरुङ, गिता रायमाझी, माया गिरि, पार्वती श्रेष्ठ, चन्द्र शेरचन, दिपा खड्का, रञ्जु साह चयन गरेको छ। त्यसैगरि कार्यसमितिले सम्झना भुजेल, गिता अधिकारी र उमा गुरुङलाई सल्लाहकारमा मनोनित गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वार्ड न १४ का वडा अध्यक्ष बोधराजकार्कीले शुभकामना मन्तब्य दिदै वडाले समूहलाई गर्नुपर्ने साथ र सहयोग गर्न हमेसा तत्पर रहेको बताउनु भयो । त्यसैगरी विशेषअतिथि पोखरा महानगर पालिका १४ का वडा सदस्य कृष्णहरी काफ्ले, अतिथिहरु प्रगतिटोल विकास समितिका अध्यक्ष मिनबहादुर गुरुङ, टोल विकास समितिका सचिव गोविन्द सापकोटारआमा समूहकी निवर्तमान अध्यक्ष सम्झना भुजेलले शुभकामना दिनु भएको थियो ।

 

Exit mobile version