पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
‘आगामी स्थानीय निवार्चनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषण गर्दछु,’ उनले लेखेकी छन्।
साथसाथै उनले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षा मन्त्री पदमा रहँदा सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पछि उनी पार्टीको राजनीतिबाट पनि निष्कृय भइन् ।

