Site icon Kaski Khabar

पर्वतका युवा नेता सुमनप्रसाद अधिकारीको  निधन

काठमाडौंको चाबहिलमा सोमबार भएको सडक दु र्घटनामा पर्वतका ३१ वर्षीय सुमनप्रसाद अधिकारीको   निधन भएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका महाशिला गाउँपालिका–१, होश्राङ्दी निवासी अधिकारीको उपचारका क्रममा अस्पतालमा मृ*त्यु भएको हो।
पर्वत घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएका अधिकारीको नि धनको खबरले गृहजिल्ला पर्वत शोकमा परेको छ।
नेपाली कांग्रेस निकट रहेर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय अधिकारी गाउँको विकास र समृद्धिका विषयमा चासो राख्ने युवा थिए। गाउँमा सञ्चालन हुने विकास निर्माणका योजना, स्थानीय आवश्यकता तथा जनताका समस्याबारे उनी चासो राख्ने गर्थे। समाजका लागि केही योगदान पुर्‍याउने सोचका साथ उनी विभिन्न सामाजिक गतिविधिमा समेत सहभागी हुँदै आएका थिए।
सानै उमेरदेखि सामाजिक काममा सक्रिय अधिकारीको असामयिक निधनले परिवार, आफन्त, साथीभाइ, शुभेच्छुक तथा गाउँलेलाई स्तब्ध बनाएको छ। ३१ वर्षको उमेरमै उनको निधन भएपछि परिवारले प्रिय सदस्य, गाउँलेले सुखदुःखका साथी र समाजले सक्रिय युवा गुमाएको छ।
गाउँको विकासमा चासो राख्ने र सामाजिक काममा हातेमालो गर्ने अधिकारीले समाजका लागि देखेका सपना र गरेका योगदान उनलाई चिन्नेहरूको स्मृतिमा रहनेछन्।
Exit mobile version